२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


‘अमेरिकाको सीमामा लगाइने पर्खालको खर्च मेक्सिकोले बेहोर्छ’


0
Shares

काठमाडौं, भदौ १६ । अमेरिकी राष्ट्रपतिका लागि रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले मेक्सिको र अमेरिकाको सीमामा लगाइने पर्खालको सम्पूर्ण खर्च मेक्सिकोले बेहोर्ने बताएका छन् ।

मेक्सिको भ्रमणबाट फर्किएपछि एरिजोनामा आयोजना गरिएका सभालाई सम्बोधन गर्दै ट्रम्पले मेक्सिकोका आप्रबासी अमेरिकाको टाउको दुखाईको विषय भएको भन्दै उनीहरुलाई रोक्न दुई देशबीचको सीमामा पर्खाल लगाउनु अति आवश्यक भएको बताए ।

आप्रवासीका कारण विश्वमा आतंकवाद मौलाएको भनाई दोहो¥याउँदै ट्रम्पले पर्खाल लगाउनेमा मेक्सिको सकारात्मक हुनुपर्ने बताए ।

मेक्सिकोका राष्ट्रपति एनरिक पेना नेइटोको निमन्त्रणामा जानुभएका ट्रम्पले मेक्सिकोमा रहँदा भने मेक्सिकोका जनताको खुलेर प्रशंसा गरेका थिए । यद्यपी राष्ट्रपतिसँगको भेटमा भएको कुराकानी भने बाहिर ल्याइएको छैन ।

यसअघि ट्रम्पले चुनावी प्रचारका क्रममा मेक्सिकोबाट अमेरिका आउने व्यक्ति हत्यारा तथा बलात्कारी भएको बताएका थिए ।

ट्रम्पले मेक्सिकोमा रहँदा आफूले अमेरिका र मेक्सिकोबीच पर्खाल लगाउने विषयमा कुरा नभएको बताए । (एजेन्सी)