उत्कृष्ट फोटो पत्रकार पुरस्कृत, आर्ट काउन्सिलमा फोटो प्रदर्शनी • Image Khabar Image Khabar


उत्कृष्ट फोटो पत्रकार पुरस्कृत, आर्ट काउन्सिलमा फोटो प्रदर्शनी


Imagekhabar
१६ भाद्र २०७३, बिहीबार २२:३२

उत्कृष्ट फोटो पत्रकार पुरस्कृत, आर्ट काउन्सिलमा फोटो प्रदर्शनी

काठमाडौं, भदौ १६ । यस वर्षको उत्कृष्ट फोटो पत्रकारिताको उपाधि जितेका फोटो पत्रकार दीपकरत्न बज्रचार्यलाई विहीबार राजधानीमा पुरस्कृत गरिएको छ ।

फोटो पत्रकार क्लबले राजधानीमा कार्यक्रम गरी बज्राचार्यलाई एक लाख रुपैयाँसहित पुरस्कृत गरेको हो । गत वर्षको भूकम्पको समयमा बज्राचार्यले खिचेको फोटो ‘पीजे क्लब’ले गरेको प्रतियोगितामा उत्कृष्ट ठहरिएको थियो ।

यस्तै, वर्षभरि उत्कृष्ट फोटो खिचेका २२ जना फोटो पत्रकारहरुलाई पनि सम्मान गरिएको छ ।

विभिन्न सात विद्यामा उत्कृष्ट फोटो खिचेका पत्रकारलाई प्रत्येक विद्यामा पहिलो, दोस्रो र तेस्रो गरी उपाधि दिइएको थियो ।

कार्यक्रममा पहिलो हुनेलाई ३० हजार, दोस्रो हुनेलाई २० हजार र तेस्रो हुनेलाई १० हजार रुपैयाँ प्रदान गरिएको थियो ।

उत्कृष्ट ठहरिएका फोटोहरुको प्रदर्शन विहीबारबाट नेपाल आर्ट काउन्सिल, बबरमहलमा सुरु भएको छ । प्रदर्शनी भदौ २१ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्