काठमाडौं, भदौ १६ । टंकप्रसाद उप्रेतीद्वारा लिखित ‘शिक्षाका प्रकाशपुञ्ज गोविन्दराज जोशी’ नामक पुस्तकको विहीबार राजधानीमा लोकार्पण गरिएको छ ।
प्रजातन्त्र स्थापनासँगै शिक्षा क्षेत्रमा आएको उदारीकरण र गुणस्तरीय शिक्षाको विश्लेषण गरिएको पुस्तक पूर्वशिक्षामन्त्री गोविन्दराज जोशीको जीवनीमा आधारित छ ।
पुस्तकमा शिक्षाको पृष्ठभूमि, नेपालको शैक्षिक पृष्ठभूमि, जोशीको जीवनका विभिन्न पाटाहरु र विभिन्न व्यक्तित्वहरुका धारणाहरु समेटिएको छ ।
प्रतिक्रिया दिनुहोस्