
काठमाडौं, भदौ १६ । नेपाल–जापान दौत्य सम्बन्ध स्थापना भएको ६० वर्ष पुगेको अवसरमा परराष्ट्र मन्त्रालयले विहीबार राजधानीमा विशेष समारोह आयोजना गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेको कार्यक्रममा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले नेपालको आर्थिक, सामाजिक विकासमा जापानले पुर्याएको सहयोगको सरहाना गरे ।
कार्यक्रममा जापानका विदेश राज्यमन्त्री नोबुओ किसीले नेपाल र जापानको सम्बन्ध सरकारीस्तरमामात्र नभइ जनस्तरमा पनि उत्तिकै प्रगाढ रहेको बताए ।
उनले भौतिक पूर्वाधार विकासमा जापानले दिँदै आएको सहयोगमा अभिबृद्धि गर्दै लैजाने जानकारी दिए ।
सो अवसरमा जापान र नेपालका कलाकारहरुले गीत–संगीत प्रस्तुत् गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्