२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


बीएस्सी तेस्रो वर्षको परीक्षाको परीक्षाफल प्रकाशित


0
Shares

काठमाडौं, भदौ १६ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा गत जेठ र असार महिनामा सन्चालित विज्ञानतर्फ बीएस्सी तेस्रो वर्षको परीक्षाको परीक्षाफल विहीबार प्रकाशन गरिएको छ ।

यसैगरी, २०७२ माघमा सन्चालित व्यवस्थापन संकायतर्फको स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षाको परीक्षाफल पनि विहीबारै प्रकाशन गरिएको छ ।

त्रिविकाअनुसार परीक्षाको मर्यादाविपरीत कार्य गर्ने परीक्षाक्रमांक १४०१४७, १४०२३७, ३२००३१, ३२००३२ र ३९०८७८ लाई दुई वर्षसम्मका लागि त्रिविबाट सन्चालन हुने कुनैपनि परीक्षामा सम्मिलित हुन नपाउने गरी निस्काशन गरेको छ ।

परीक्षाफल www.tu.net.ntc.np मा हेर्न र नेपाल टेलिकमको १६०२ मा डायल गरी वा ४९४९ मा एसएमएस गरेर थाहा पाउन सकिनेछ । रासस