
काठमाडौं, भदौ १७ । १ तारिखबाट इन्धनको मूल्य घट्ने आंकलन गर्दै पेट्रोलियम व्यवसायीले इन्धन उठाउन छाडेका छन् ।
व्यवसायीले इन्धन ढुवानी नगर्दा थानकोट डिपोमा ४१ ट्यांकर (पेट्रोल/डिजेल) थन्किएको आयल निगमले जनाएको छ ।
‘प्रायः १/२ तारिखमा भारतीय आयल कर्पोरेसनबाट नयाँ मूल्य सूची आउँछ,’ निगमका वितरण विभाग प्रमुख सीताराम पोखरेलले भने, ‘इन्धनको मूल्य घट्ने अनुमानले मंगलबारदेखि थानकोटबाट इन्धन कम मात्रामा उठेको छ ।’
व्यवसायीले कम परिमाणमा उठाउन थालेपछि पेट्रोल बोकेको २९ र डिजेल बोकेको १२ ट्यांकर थानकोट डिपोमै थन्किएको उनले बताए । –कान्तिपुर दैनिकबाट
प्रतिक्रिया दिनुहोस्