ताप्लेजुङ, भदौ १८ । भारी वर्षासँगै आएको पहिरोमा परी ताप्लेजुङमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
पहिरोले घर पुर्दा ताप्लेजुङ नगरपालिका–२ का टीका मगरकी श्रीमती २८ बर्षीया विमला, छोराहरु ९ बर्षिय मनोज र ६ बर्षिय ललितको मृत्यु भएको हो ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले पहिरो पन्छाएर उनीहरुको शव निकालेका हुन् ।
पहिरोमा परी ताप्लेजुङ नगरपालिका–८ कि दिलकुमारी पालुङ्वा बेपत्ता भएकी छन् भने, उनकी बहिनी कृष्णकुमारी पालुङ्वा घाइते भएकी छन् ।
उनलाई उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ लगिएको छ । त्यस्तै पहिरोमा परि अलपत्र परेका ताप्लेजुङ नगरपालिका–८ का ६० जनालाई नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले सुरक्षित स्थानमा सारेको छ ।
पहिरोले ताप्लेजुङ नगरपालिकाको २, ६, ७, ८ र ९ वडामा गरी करिब दुई दर्जनभन्दा बढी घरमा क्षति पुर्याएको छ । प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले घटनास्थलबाट क्षतिको तथ्यांक संकलन गरेका छन् ।
पहिरोग्रस्त क्षेत्रसम्म जाने सडक समेत बगाएपछि उद्धारमा समस्या भएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ ।
दर्जनौं स्थानमा गएको पहिरोका कारण मेची राजमार्गको पाँचथर-ताप्लेजुङ सडक खण्ड पूर्णरुपमा अबरुद्ध बनेको छ ।
भा
प्रतिक्रिया दिनुहोस्