मन्त्रीद्वय जोशी र थापाले सम्मानपछि जनाए यस्तो प्रतिबद्धता • Image Khabar Image Khabar


मन्त्रीद्वय जोशी र थापाले सम्मानपछि जनाए यस्तो प्रतिबद्धता


Imagekhabar
१८ भाद्र २०७३, शनिबार १९:११

मन्त्रीद्वय जोशी र थापाले सम्मानपछि जनाए यस्तो प्रतिबद्धता

काठमाडौं, भदौ १८ । उद्योग मन्त्री नविन्द्रराज जोशीले सरकारले उद्योगमैत्री नीति बनाउने तयारी गरिरहेको बताएका छन् ।

गणेशमान सिंह तथा जनआन्दोलन सहिद स्मृति शान्ति प्रतिष्ठानले आज राजधानीमा गरेको नवनियुक्त स्वास्थ्य मन्त्री गगन थापा र उद्योग मन्त्री जोशीलाई बधाई तथा शुभकामना दिन गरेको कार्यक्रममा उनले औद्योगिक विकास विना मुलुकको विकास सम्भव नभएको बताए ।

उनले सरकारले चाँडै उद्योगमैत्री नीति ल्याउने तयारी गरेको जानकारी दिनुभयो । आफू व्यवसायीको छलफल र परामर्शबाट अगाडि बढ्न चाहेको भन्दै मन्त्री जोशीले स्वदेशमै लगानी गर्न व्यवसयीहरुलाई आग्रह गरे ।

मन्त्री जोशीले उद्योग मन्त्रालयभित्र अनियमितता र काममा ढिलासुस्ती हुन नदिने प्रतिबद्धता व्यक्त गरे । आफु जनताको सेवक भएको भन्दै आफ्नो मन्त्रालयमा ढीला सुस्ती र भ्रष्टाचार मान्य नहुने पनि बताए ।

स्वास्थ्य मन्त्री गगन थापाले स्वास्थ्य क्षेत्रलाई सर्वसुलभ बनाउने प्रतिबद्धता व्यक्त गरे । स्वास्थ्य सेवा शहरीकरण हुँदै गएको भन्दै उनले आफूले स्वास्थ्य सेवालाई ग्रामीण स्तरसम्म पुर्‍याउने बताए ।

कार्यक्रममा सहभागी अन्य वक्ताहरुले भने मुलुकमा बढ्दो भ्रष्टाचार र बेथिति अन्त्यका लागि आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्