भिडियोमा हेर्नोस्, ताप्लेजुङमा एकै परिवारका तीनजनाको ज्यान लिने पहिरो • Image Khabar Image Khabar


भिडियोमा हेर्नोस्, ताप्लेजुङमा एकै परिवारका तीनजनाको ज्यान लिने पहिरो


Imagekhabar
१८ भाद्र २०७३, शनिबार २१:३२

भिडियोमा हेर्नोस्, ताप्लेजुङमा एकै परिवारका तीनजनाको ज्यान लिने पहिरो

रविन भट्टराई (इमेज)
ताप्लेजुङ, भदौ १८ । शुक्रबार राति भारी वर्षासँगै आएको पहिरोमा परी ताप्लेजुङमा एकै परिवारका तीनजनाको मृत्यु भएको छ ।

पहिरोले घर पुर्दा ताप्लेजुङ नगरपालिका–२ का टीका मगरकी श्रीमती २८ वर्षीया विमला, छोराहरु ९ वर्षीय मनोज र ६ वर्षीय ललितको मृत्यु भएको हो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले शनिबार पहिरो पन्छाएर उनीहरुको शव निकालेका हुन् ।

पहिरोमा परी ताप्लेजुङ नगरपालिका–८ कि दिलकुमारी पालुङ्वा बेपत्ता भएकी छन् भने उनकी बहिनी कृष्णकुमारी पालुङ्वा घाइते भएकी छन् । उनलाई उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ लगिएको छ ।

त्यस्तै, पहिरोमा परी अलपत्र परेका ताप्लेजुङ नगरपालिका–८ का ६० जनालाई नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले सुरक्षित स्थानमा सारेको छ ।

पहिरोले ताप्लेजुङ नगरपालिकाको २, ६, ७, ८ र ९ वडामा गरी करिब दुई दर्जनभन्दा बढी घरमा क्षति पुर्‍याएको छ ।

प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले घटनास्थलबाट क्षतिको तथ्यांक संकलन गरेका छन् ।

पहिरोग्रस्त क्षेत्रसम्म जाने सडकसमेत बगाएपछि उद्धारमा समस्या भएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ ।

दर्जनौं स्थानमा गएको पहिरोका कारण मेची राजमार्गको पाँचथर–ताप्लेजुङ सडकखन्ड पूर्णरुपमा अबरुद्ध बनेको छ ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्