२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


भोजपुरमा पहिरोमा पुरिएर श्रीमान्–श्रीमतीको मृत्यु


0
Shares

भोजपुर, भदौ १८ । पहिरोमा पुरिएर भोजपुरमा दुईजनाको मृत्यु भएको छ ।

शुक्रबार राति परेको अविरल वर्षापछि गएको पहिरोका कारण भोजपुर कुलुङ–६ जिमिगाउँका ५८ वर्षीय भरत राई र उनकी ५४ वर्षीया श्रीमती राममनी राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कुलुङ–९ स्थित जगतमान राईको घर पहिरोले पुरिएपछि सोही घरमा काम गर्ने राई दम्पतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय भोजपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यलय भोजपुरकाअनुसार पहिरोले क्षति पुर्‍याएको सूचनाका आधारमा कुलुङबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा खटिएको टोलीले स्थानीयबासीको सहयोगमा पुरिएको घर उत्खनन् गर्दा राई दम्पती शनिबार मृतावस्थामा फेलापरेका हुन् ।

पहिरोमा उनीहरुले पालेको दुईओटा गाई, दुईओटा बाछा र चारओटा भेडासमेत मरेका छन् । रासस