
कन्चनपुर, भदौ १८ । कन्चनपुर कारागारका कैदीबन्दीले तीज कार्यक्रमको आयोजना गरेका छन् ।
हिन्दू महिलाहरुको महान् चाड तीजको अवसरमा शनिबार कारगारभित्रका कैदीबन्दीले तीज कार्यक्रमको आयोजना गरेका हुन् ।
तीजको अवसरमा कारागार जीवन बिताइरहेका महिला कैदीबन्दीलाई हिनताबोध नहोस् भनेर तीज विशेष कार्यक्रमको आयोजना गरिएको कारागार व्यस्थापन शाखाका सुरक्षा इन्चार्ज व्यापकचन्द्र शाहले बताए ।
तीज विशेष कार्यक्रममा शुभकामनाको आदान–प्रदान, नाचगान तथा दरखाने कार्यक्रमको गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्