
पोखरा, भदौ १८ । साविक विजेता न्यू डायमन्ड एकेडेमी र सशस्त्र प्रहरीको एपीएफ क्लब पोखराको लामाचौरमा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।
सशस्त्रले सेमिफाइनलमा शनिबार विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गरी उपाधिनजिक पुगेको हो । सशस्त्रले आर्मीलाई २५—९, २५—१० र २५—९ ले पराजित गरेको हो ।
यस्तै, शनिबारै भएको दोस्रो सेमिफाइनलमा न्यू डायमन्डले पश्चिमाञ्चलको टप्स माविलाई सोझो सेटमा पराजित गर्दै उपाधि रक्षाकोनजिक पुगेको छ ।
खेलमा न्यू डायमन्डले २५—१५, २५—१५ र २५—१६ ले नतिजा आफ्नो पक्षमा पारेको हो । उपाधि भिडन्त आइतबार हुनेछ ।
प्रतिक्रिया दिनुहोस्