
भक्तपुर, भदौ १९ । कानुन मन्त्री अजय शंकर नायकले न्यायालयमा हुने गरेको अनियमिततालाई नियन्त्रण गर्न आफुले कुनै कसर बाँकी नराख्ने बताएका छन् ।
रफत सञ्चार क्लबले आइतबार भक्तपुरमा गरेको साक्षात्कारमा उनले नेपालका न्यायालयमा हुने अनियमिता र भ्रष्टाचार नियन्त्रण गर्न आफु लागि परेको बताए ।
न्यायालयमा छिट्टै सुधार देखिने मन्त्री नायकको भनाइ थियो । उनले अहिलेको सत्ता गठबन्धनले नै तीनवटै तहको निर्वाचन गराउने दाबी पनि गरे । निर्वाचनका लागि राजनीतिक दलबीच सहमति र सहकार्य हुनुपर्ने उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्