Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


शिक्षण शुल्क २७ प्रतिशतसम्म बढाउन महानगरको स्वीकृति


0
Shares

काठमाडौं, चैत २९ । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका निजी विद्यालयलाई मासिक शिक्षण शुल्क बढाउन स्वीकृति दिएको छ ।

नयाँ शैक्षिक सत्रदेखि लागू हुने महानगरको यो निर्णयबाट निजी विद्यालय थप मोटाउने र अभिभावक आर्थिक भारमा पर्ने निश्चित छ ।

महानगरपालिकाले विद्यालय वर्गीकरण तथा शुल्क अनुगमन समितिको फागुन २६ गतेको बैठकले निजी विद्यालयद्वारा हाल लिइँदै आएको शिक्षण शुल्कमा औसतमा २७ प्रतिशत बढाउन दिनेगरी नयाँ शुल्कदर तोकेको हो ।

काठमाडौं महानगरपालिकाभित्र सञ्चालित सात सय ३६ विद्यालयमध्ये ६ सय ४५ निजी छन् । –नागरिक दैनिकबाट