२१ बैशाख २०८२, आइतबार | Mon May 5 2025


१ खर्ब २७ अर्ब रकम खर्च हुनै सकेन


0
Shares

काठमाडौं, भदौ २० । सरकारले खर्च गर्न नसक्दा गत आर्थिक वर्ष २०७२/७३ को बजेटबाट १ खर्ब २७ अर्ब रुपैयाँ बचेको छ ।

गत वर्ष ५६ प्रतिशतमात्रै बजेट खर्च भएको थियो भने राजस्व लक्ष्यभन्दा बढी उठेको थियो ।

गत वर्षबाट १ खर्ब २७ अर्ब खर्च नभएर यस वर्ष सारिएको योजना आयोगका नवनियुक्त उपाध्यक्ष मीनबहादुर श्रेष्ठले बताए ।

गत जेठ १५ मा बजेट सार्वजनिक हुँदा ५९ अर्ब रुपैयाँ बच्ने अनुमान थियो । वर्षान्तमा हिसाब गर्दा अपेक्षाभन्दा ६८ अर्ब रुपैयाँ बढी बचत भएको छ । –कान्तिपुर दैनिकबाट