२८ श्रावण २०८२, बुधबार | Wed Aug 13 2025


लागुऔषधसहित तीनजना पक्राउ


0
Shares

काठमाडौं, चैत २८ । प्रहरीले काठमाडौंको चन्द्रागिरिबाट ठूलो परिमाणको लागुऔषधसहित तीनजनालाई बिहीबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको शम्भुनाथ नगरपालिका–७ का २५ वर्षीय प्रमोदकुमार साह, सप्तरीको बेल्ही चपेना गाउँपालिका–९ का ४३ वर्षीया गीता देवी र सुनसरीको बर्जुताल गाउँपालिका–६ का ३० वर्षीया रन्भादेवी दास छन् ।

महानगरीय प्रहरी प्रभाग नागढुंगाकाअनुसार तीनैजनालाई चन्द्रागिरि  नगरपालिका–२ बाट लागुऔषध नोर्फिन ५६७ एम्पुल, फेनारगन ६१५ एम्पुल, डाइजेल्याब ११८ एम्पुल, डाइजेपाम ४९१ एम्पुल र लुप्रिजेसिक ४९ एम्पुलसहित पक्राउ गरिएको हो ।

राजविराजबाट काठमाडौंतर्फ आउँदै गरेको ना७ख ५७८४ नम्बरको  बसमा जाँच गर्नेक्रममा उनीहरु लागुऔषधसहित पक्राउ परेका हुन् । रासस