१८ चैत्र २०७९, शनिबार | Sat Apr 1 2023


सरकारलाई चिकित्सक संघको ७२ घन्टे ‘अल्टिमेटम’


0
Shares

काठमाडौं, चैत २८ । नेपाल चिकित्सक संघले आन्दोलनरत् चिकित्सकहरुसँग वार्ताको माध्यमबाट समस्याको समाधान गर्न सरकारलाई ७२ घन्टे ‘अल्टिमेटम’ दिएको छ ।

संघले बिहीबार काठमाडौं उपत्यकाभित्रका चिकित्सकहरुसँग छलफल गरी सरकारलाई अल्टिमेटम दिएको जनाएको हो ।

संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले सरकारी चिकित्सकहरुको आन्दोलनमा संघको पूर्ण सर्मथन रहेको बताए ।

संघका महासचिव डा. लोचन कार्कीले चिकित्सकहरुलाई अवमूल्यन गरे देशभर विरोधका कार्यक्रम सन्चालन गर्न बाध्य हुने चेतावनी दिए ।

समायोजनको विरोध गर्दै सरकारी चिकित्सकहरुको आन्दोलनका कारण देशभरका सरकारी अस्पताल ७ दिनदेखि बन्द छन् ।