Logo २७ असार २०८३, शनिबार | Sun Jul 12 2026


दमनबाट समस्याको समाधान हुँदैन : कमल थापा


0
Shares

काठमाडौं, चैत २८ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारी दमनबाट कुनैपनि समस्याको समाधान नहुने बताएका छन् ।

राप्रपाले बिहीबार देशव्यापीरुपमा स्थानीय तहका कार्यालयअगाडि गरेको धर्नाको काठमाडौंमा नेतृत्व गर्दै उनले दमन नभइ वार्ताका लागि सरकारले पहल गर्नुपर्ने बताए ।

अध्यक्ष थापाले राष्ट्रिय अखन्डताका लागि संघर्ष गरेको आफ्नो पार्टीलाई लाठी बर्साउने सरकारविरुद्ध अझ कडारुपले प्रस्तुत् हुने चेतावनी दिए ।

हिन्दुराष्ट्रलगायतका २२ बुँदे मागसहित संघर्षमा उत्रिएको राप्रपाले विभिन्न सडक संघर्षका कार्यक्रम गर्दै आएको छ ।