
काठमाडौं, भदौ २१ । देशभरका चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघको उपत्यकाभित्रको चुनाव मंगलबारदेखि सुरु भएको छ । तीन वर्षे नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको हो ।
मंगलबारदेखि सुरु भएको मतदान आगामी शनिबारसम्म चल्नेछ । १३ पदाधिकारीका लागि दुईओटा प्यानलबाट २६ जना र एकजनाको स्वतन्त्र उम्मेदवारी परेको छ ।
जसमा अध्यक्षका लागि नेपाली कांग्रेसनिकटको प्रजातान्त्रिक समूहबाट डा. मुक्तिराम श्रेष्ठ र पेशागत समावेशी समूहबाट डा. रमेश ढकाल मैदानमा उत्रिएका छन् ।
संघले उपत्यका र जिल्ला गरी दुई चरणमा चुनाव गर्ने गरेको छ । उपत्यकाबाहिर भने भदौ १७ र १८ गते चुनाव सम्पन्न भैसकेको छ ।
उपत्यकाबाहिर मतदानमा छुटेकाहरुलेसमेत मतदान गर्न पाउने भएकाले मतदान ६ दिनसम्म चल्ने बताइएको छ । संघमा अहिले ५ हजार ३ सयभन्दा बढी चिकित्सकहरु आबद्ध छन् ।
उपत्यकाबाहिर भएको मतदानमा १ हजार ३ सय ६६ मत खसेको प्रमुख निर्वाचन अधिकृत धनबहादुर रानामगरले जानकारी दिए ।
पाँच दिनको समयमा करिब ४ हजार मत खस्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्