
काठमाडौं, असार २५ । नेपाल विद्यार्थी संघले सरकारका पछिल्ला निर्णयहरुको विरोध गर्दै सोमबार माइतीघरमन्डलामा प्रदर्शन गरेको छ ।
नेविसंघसम्बद्धहरुले डा. गोविन्द केसीका मागहरु पूरा गर्नुपर्ने, निषेधित क्षेत्र खारेज गर्नुपर्नेलगायतका माग गर्दै प्रदर्शन गरेका हुन् ।
नेपाली कांग्रेस सरकारले ल्याएको चिकित्सा शिक्षा अध्यादेशअनुसार विधेयक बन्नुपर्ने र गंगामाया अधिकारीका माग पूरा गर्नुपर्ने पनि उनीहरुको माग रहेको छ ।
नेविसंघका अध्यक्ष नयनसिंह महरले सरकारले साउन १ गतेबाट लागू हुनेगरी घोषणा गरेको निषेधित क्षेत्रमै साउन १ गते प्रदर्शन गर्ने चेतावनी दिए ।
राजाको तानाशाही फाल्ने सामर्थ्य राख्ने कांग्रेस केपी ओलीसँग नडराउने उनको भनाइ थियो ।
प्रदर्शनस्थलमा ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको थियो । प्रहरी र प्रदर्शनकारीबीच तनाव उत्पन्न भएपनि झडपको अवस्था भने आउन पाएन ।
प्रतिक्रिया दिनुहोस्