पहिरो हटाउन एमालेका स्वयंसेवक परिचालन • Image Khabar Image Khabar


पहिरो हटाउन एमालेका स्वयंसेवक परिचालन


Imagekhabar
२२ भाद्र २०७३, बुधबार १७:१५

पहिरो हटाउन एमालेका स्वयंसेवक परिचालन

ताप्लेजुङ, भदौ २२ । ताप्लेजुङका विभिन्न स्थानमा गत शुक्रबार गएको पहिरोले भत्काएका पैदल मार्ग खुलाउन नेकपा एमालेले स्वयम्सेवक दस्ता परिचालन गरेको छ ।

पहिरोका कारण विभिन्न गाविसबाट सदरमुकाम आवत–जावत गर्ने करिव एक दर्जन गोरेटो तथा घोरेटो बाटो बगाएकाले एमाले स्वयम् सेवक परिचालन गरी खुलाउने प्रयास थालेको हो ।

बाटो खुलाउन ६० जनाको टोली खटिएको युवा संघ नेपालका केन्द्रीय सदस्य दिपेन पोमुले जानकारी दिए ।

ताप्लेजुङ सदरमुकाम आसपासमा गत शुक्रबार गएको पहिरोमा परी चार जनाको मृत्यु भएको थियो भने ८० घरपरिवार विस्थापित भएका छन् ।

यसैबीच पहिरोका कारण गत शुक्रबारदेखि अबरुद्ध मेची राजमार्ग अझै खुल्न सकेको छैन ।

राजमार्गका विभिन्न स्थानमा पहिरो झरेकाले पूर्णरुपमा खुलाउन अझै केही दिन लाग्ने सडक डिभिजन कार्यालय इलामले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्