प्रधानमन्त्रीले दिए निजामती कर्मचारीलाई यस्तो निर्देशन • Image Khabar Image Khabar


प्रधानमन्त्रीले दिए निजामती कर्मचारीलाई यस्तो निर्देशन


Imagekhabar
२२ भाद्र २०७३, बुधबार १८:५०

प्रधानमन्त्रीले दिए निजामती कर्मचारीलाई यस्तो निर्देशन

काठमाडौं, भदौ २२ । प्रधानमन्त्री पुष्पकमल दाहालले जनता र राष्ट्रको हितमा काम गर्न निजामती कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

१३ औं निजामती सेवा दिवसको अवसरमा आज राजधानीम भएको कार्यक्रममा उनले निष्पक्ष र इमान्दार भएर जनताको सेवामा लाग्न कर्मचारीहरुलाई निर्देशन दिएका हुन् ।

मुलुकको आर्थिक सम्बृद्धि सरकारको लक्ष्य भएको भन्दै उनले सकारात्मक र प्रभावकारी भूमिका खेल्न कर्मचारीहरुलाई आग्रह गरे ।

संघीय संरचना अनृुसार निजामती सेवाको बिकेन्द्रीकरण आवश्यक भएको भन्दै उनले निजामती सेवालाई थप प्रभावकारी र आधुनिकीकरण गर्न सरकारले तयारी थालेको पनि बताए ।

संविधान कार्यान्वयनका लागि निजामती कर्मचारीहरुको भुमिका महत्वपूर्ण रहेको भन्दै प्रधानमन्त्री दाहालले संविधान कार्यान्वयनको लागि लाग्न पनि आग्रह गरे ।

सामान्य प्रशासन मन्त्री केशव बहादुर बुढाथोकीले निजामती सेवालाई प्रभावकारी बनाउन आफूले गृहकार्य थालेको जानकारी दिए ।

कार्यक्रममा हत्केलामा निजामती सेवा नाम दिइएको मोवाइल एप्स पनि सार्वजनिक गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्