२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण स्थगित हुनु दुःखद् : नेपाल


0
Shares

रौतहट, भदौ २२ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले वर्तमान सरकारले संविधान कार्यान्वयनमा जोड दिनुपर्ने बताएका छन् ।

रौतहटमा निर्माण गरिएको सामुदायिक भवनको बुधबार उद्घाटनमा उनले संविधान कार्यान्वयनका लागि सरकारले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड दिए ।

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण स्थगित हुनु दुःखद् भएको उनको टिप्पणी थियो ।

मधेसी मोर्चाका कार्यकर्ताले नेता नेपाल सहभागी कार्यक्रम क्षेत्र वरिपरि कालोझन्डा गाडेर विरोध जनाएका थिए ।

उनीहरुले स्थानीय गंगापिपरा बजारसमेत बन्द गराएका थिए ।