३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


सचिवको कार्यकक्षमा मन्त्रीले नै लगाए ताला


0
Shares

काठमाडौं, चैत २८ । सचिवले काम नगरेको र गर्न नदिएको आरोप लगाउँदै प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले सचिवको कार्यकक्षमा ताला लगाएका छन् । मन्त्री दुलाल आफैंले सचिवको कार्यकक्षमा ताला लगाएका हुन् ।

उनले सचिवले फाइल पेन्डिङमा राखेको, काम नगरेको र अगाडिको मितिमा फाइल स्वीकृत गर्ने सम्भावना देखिएकाले आफूले फाइल ‘लक’ गर्ने उद्देश्यले ताला लगाएको बताए ।

उनका अनुसार सचिवलाई किन काम नगरेको भनी स्पष्टीकरण सोधिएको थियो । उनी त्यसको उचित जवाफ नदिएर काठमाडौं गएको मन्त्रालय स्रोतले बताएको छ । –नेपाल समाचारपत्र दैनिकबाट