Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


उड्नका लागि ‘रनवे’ मा पुगिसकेको विमान फर्काएर चालकले ठूलो दुर्घटना टारे


0
Shares

काठमाडौं, चैत २८ । भारतीय विमान कम्पनी जेट एयरवेजको जहाज बुधबार अपराह्न ठूलो दुर्घटनाबाट बचेको छ ।

जेट एयरवेजको उडान नम्बर २६७ को विमान तेल नभरेकै अवस्थामा काठमाडौंबाट दिल्लीका लागि १८३ यात्रु लिएर उडान भर्न लागेको थियो । तर चालकले बेलैमा चाल पाएकाले दुर्घटना ट¥यो ।

विमान ‘टेकअफ’ गर्न लाग्दा पाइलटले तेल नभएको चाल पाएपछि आकस्मिक रुपमा जहाजलाई ‘रनवे’बाट घुमाएर पार्किङस्थल लगेका थिए । –नागरिक दैनिकबाट