उपेन्द्र यादवले भने–‘संविधान संशोधन गरेरमात्र प्रधानमन्त्री भारत जानोस्’ • Image Khabar Image Khabar


उपेन्द्र यादवले भने–‘संविधान संशोधन गरेरमात्र प्रधानमन्त्री भारत जानोस्’


Imagekhabar
२३ भाद्र २०७३, बिहीबार २२:११

उपेन्द्र यादवले भने–‘संविधान संशोधन गरेरमात्र प्रधानमन्त्री भारत जानोस्’

भैरहवा, भदौ २३ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन गरेरमात्र भारत भ्रमणमा जान प्रधानमन्त्री पष्पकमल दाहाललाई आगह गरेका छन् ।

विहीबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा उनले सत्ता टिकाउनका लागि भारत भ्रमण गर्नु गलत भएको भन्दै यो प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए ।

वर्तमान सरकार गठन हुनुअघि मधेसी मोर्चासँग तीनबुँदे सहमति भएको भन्दै त्यसको कार्यान्वयनमासमेत सरकारले भूमिका खेल्नुपर्नेमा यादवको जोड थियो ।

प्रतिक्रिया दिनुहोस्