Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


आफूखुशी मर्जर प्रक्रिया तोडे कारवाही हुने


0
Shares

काठमाडौं, भदौ २४ । नेपाल राष्ट्र बैंकले वित्तीय संस्थाले मर्जरमा जान सम्झौता गरेर आफूखुसी तोडेमा कारबाही गर्ने भएको छ ।

राष्ट्र बैंकले बिहीबार मर्जर तथा एक्विजिसन विनियमावली २०७३ जारी गर्दै मर्जर सम्झौता गरेर तोड्ने प्रवृत्तिलाई नियन्त्रण गर्न कठोर नीति लिएको हो ।

राष्ट्र बैंकले २०६८ सालमा जारी गरेको मर्जर विनियमावली तथा २०७० सालमा जारी गरेको एक्विजिसन विनियमावलीलाई एकीकृत गरेर जारी गरेको मर्जर तथा एक्विजिसन विनियमावलीले मर्जर सम्झौता तोड्ने संस्थाका पदाधिकारीलाई कारबाही गर्ने, आधारभूत सेयरधनीहरूको सेयर खरिद बिक्री तथा हक हस्तान्तरण रोक्का गर्ने सञ्चालक हुन अयोग्य हुनेसम्मको व्यवस्था उल्लेख गरेको छ । –कारोबार दैनिकबाट

Skip This