Logo २ आश्विन २०८३, शुक्रबार | Sat Sep 19 2026


नेपाललाई पुनः हिन्दूराष्ट्र कायम गराउनका लागि दबाब बढाउन सम्मेलन


0
Shares

नवलपरासी, भदौ २४ । विश्व हिन्दू महासंघले नेपाललाई पुनः हिन्दूराष्ट्र कायम गराउन दबाब सिर्जना गर्ने उद्देश्यले नवलरासीको बर्दघाटमा संयुक्त राष्ट्रिय सम्मेलन गर्ने भएको छ ।

शुक्रबार बर्दघाटमा गरिएको पत्रकार सम्मेलनमा विश्व हिन्दू महासंघका पश्चिमाञ्चल क्षेत्रीय सभापति लक्ष्मण थापाले ‘हिन्दूराष्ट्र कायम नभएसम्म संविधान कार्यान्वयन हुन नसक्ने’ भन्दै ‘एउटै मन्चबाट धर्मनिरपेक्षकोविरुद्ध बहस चलाउन साझा मन्चकोरुपमा सम्मेलन आयोजना गर्न लागिएको’ बताए ।

सम्मेलनमा हिन्दूधर्मसँग सम्बन्धित ८७ ओटा संघ–संस्थासहित ६ सय बढी प्रतिनिधिहरुको सहभागिता रहने दाबी पनि गरिएको छ ।

भदौ २८ देखि ३० सम्म तीन दिन चल्ने सम्मेलनको उद्घाटन मुक्तिनाथका पिठाधीश स्वामी कमलनयनाचार्यले गर्नेछन् ।