ग्रान्डी अस्पतालमा बेरियाट्रिक तथा मेटाबोलिक शल्यक्रिया सेवा सुरु • Image Khabar Image Khabar


ग्रान्डी अस्पतालमा बेरियाट्रिक तथा मेटाबोलिक शल्यक्रिया सेवा सुरु


Imagekhabar
२५ भाद्र २०७३, शनिबार ०१:१९

ग्रान्डी अस्पतालमा बेरियाट्रिक तथा मेटाबोलिक शल्यक्रिया सेवा सुरु

काठमाडौं, भदौ २४ । ग्रान्डी अस्पतालले बेरियाट्रिक तथा मेटाबोलिक शल्यक्रिया सेवा सुरु गरेको छ ।

अस्पतालले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी मोटोपनका कारण शरीरमा विभिन्न समस्या देखिएका बिरामीका लागि यो सेवा सुरु गरिएको जानकारी दिएको हो ।

मोटोपनका कारण उच्चरक्तचाप, मधुमेह, घुँडा दुख्ने, घुर्नेलगायतका समस्या भएका बिरामीले तौल कम गर्न नसकेको अवस्थामा बेरियाट्रिक तथा मेटाबोलिक शल्यक्रियाको माध्यमबाट तौल कम गराउन सकिने अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्