१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


सुनको मूल्य तोलामा २ सयले घट्यो


0
Shares

काठमाडौं, भदौ २४ । शुक्रबार सुनको मूल्य सामान्यदरले ओरालो लाग्यो ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेर ५८ हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन सुनको मूल्य तोलामा ५९ हजार १ सय रुपैयाँमा स्थिर रहेको थियो ।

शुक्रबार चाँदीको भाउपनि तोलामा १० रुपैयाँले घटेर ८ सय ८० रुपैयाँमा किनबेच भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार साँझसम्म सुन प्रतिऔंन्स १३ सय ३९ डलर हाराहारीमा कारोबार भएको थियो ।