३ जेष्ठ २०८२, शनिबार | Sun May 18 2025


५६५ गाउँपालिका कायम गर्दा भावी सन्ततीप्रति धोका हुन्छ : पौडेल


0
Shares

नवीन कुइँकेल (इमेज)

लमजुङ, भदौ २५ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहको पुनर्संरचनामा दलहरु गम्भीर नबनेको गुनासो गरेका छन् ।

बीपी कोइरालाको १०२औं जन्मजयन्तीको अवसरमा शुक्रबार लमजुङको बेसीसहरमा आयोजित एक कार्यक्रममा उनले स्थानीय तह पुनर्संरचनालाई दलहरुले ख्यालठट्टाकोरुपमा लिएको आरोप लगाए ।

जिल्लाहरु कायम राखेरै स्थानीय तह पुनर्संरचना गर्नुपर्ने आफ्नो आग्रहलाई नेपाली कांग्रेसलेसमेत बेवास्ता गरेको उनको भनाइ थियो ।

पौडेलले पुनर्संरचना आयोगले प्रस्ताव गरेको ५६५ गाउँपालिका कायम गर्दा भावी सन्ततीप्रति धोका हुने दाबी गरे ।

पौडेलले पार्टी सभापति शेरबहादुर देउवा एकलौटीरुपमा अघि बढेको भन्दै देउवाले कांग्रेसको सभापति बनिरहने हैसियत गुमाउँदै गएको जिकिर पनि गरे ।

देउवा आफूहरुसँगभन्दा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालहरुसँग नजिकिन खोजेको आरोप पनि पौडेलले लगाए ।