झारपातबाट यसरी बालियो बिजुली बत्ती, २५० घरधुरीमा वितरण गरिने (भिडियोसहित) • Image Khabar Image Khabar


झारपातबाट यसरी बालियो बिजुली बत्ती, २५० घरधुरीमा वितरण गरिने (भिडियोसहित)


Imagekhabar
२५ भाद्र २०७३, शनिबार १५:५१

झारपातबाट यसरी बालियो बिजुली बत्ती, २५० घरधुरीमा वितरण गरिने (भिडियोसहित)

सञ्जय कार्की (इमेज)
रौतहट, भदौ २५ । जंगलमा खेर गइरहेका झारपात र काठदाउराका टुक्रा प्रयोग गरी रौतहटको कनकपुर गाविसस्थित सिम्री गाउँमा बिजुली बत्ती बालिएको छ ।

जिल्ला विकास समिति गौर, गरिबी निवारण कोष र वैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्रको सहयोगमा ग्यासिफायर प्लान्ट प्रविधिबाट बिजुली बत्ती निकालिएको हो ।

रौतहटको चारकोसे जंगलको बीचमा रहेको यो गाउँका बासिन्दा बिजुली उत्पादन र आपूर्ति हुन थालेपछि खुसी भएका छन् ।

करिब ५० लाख रुपैयाँको लागतमा निर्माण गरिएको सो प्लान्टबाट उत्पादित बिजुली २ सय ५० घरधुरीमा वितरण गरिने भएको छ ।

खेर गइरहेको झारपात, दाउराका टुक्रा, भुसालगायतका सामाग्री प्रयोग गरेर बिजुली उत्पादन हुने उक्त प्लान्टबाट २० किलोवाटको बिजुली उत्पादन भएको छ ।

विद्युत् केन्द्रका सन्चालक उमाशंकर चौधरीले सो प्रविधिबाट विद्युत् निकाल्न केही झन्झटिलो भएपनि उपभोक्तालाई राहत दिएको बताए ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्