२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सुपारीको पातको खपटाबाटै बन्छन् यस्ता अर्ग्यानिक प्लेट, उद्योग नै स्थापना (भिडियो)


0
Shares

विशाल नेम्वाङ (इमेज)
झापा, भदौ २५ । झापाका स्थानीयले सुपारीको पातको खपटाबाट आम्दानी गर्न थालेका छन् ।

सुपारीको खेर गइरहेको पातको खपटाबाट प्लेट र दुना–टपरी बनाएर बिक्री गर्दै स्थानीयले आम्दानी गर्न थालेका हुन् ।

बुधबारे–५ मा नारायण रिजालले अर्ग्यानिक प्लेट उद्योग स्थापना गरी व्यवसायिकरुपमा दुना, टपरी र प्लेटको उत्पादन थालेका छन् ।

प्लास्टिकको प्लेटको विकल्पकारुपमा अर्ग्यानिक प्लेट उत्पादन गर्ने उद्देश्यले उद्योग स्थापना गरिएको हो ।

यसरी बनाइएका प्लेट प्रयोग गरिसकेपछि सजिलै कुहाउन सकिने भएकाले वातावरणीय दृष्टिले पनि उपयुक्त हुने रिजालले बताए ।

डेढ महिना भारत, तमिलनाडु राज्यको प्लेट बनाउने उद्योगमै बसेर मेसिन चलाउने, प्लेट बनाउने, मेसिन जोड्नेलगायतका सम्पूर्ण काम सिकेपछि रिजालले मेसिनरी सामान खरिद गरेर नेपाल ल्याएका हुन् ।

अहिले उनले ६० लाख रुपैयाँ लगानी गरेका छन् । यो उद्योगबाट दैनिक १२ प्रकारका प्लेट उत्पादन भइरहेको छ । 

भिडियो हेर्नुहोस्