४ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025


प्रधानमन्त्री दाहाल र नेता नेपालबीच एकघन्टा कुराकानी


0
Shares

काठमाडौं, भदौ २५ । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका नेता माधवकुमार नेपालबीच मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र प्रधानमन्त्रीको भारत भ्रमणमा केन्द्रित भएर छलफल भएको छ ।

सिंहदरबारस्थित संसद सचिवालयमा भएको भेटवार्तामा नेकपा माओवादी केन्द्र र एमालेबीच देखिएको तिक्ततालाई कम गर्दै प्रतिस्पर्धा र सहकार्यको बाटोमा अघि बढ्ने विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्री दाहाल र पूर्वप्रधानमन्त्री नेपालबीच भएको करिब एकघन्टाको कुराकानीमा प्रधानमन्त्रीको भारत भ्रमण र बजेटमार्फत् एमाले नेतृत्वको सरकारले घोषणा गरेका कार्यक्रम र आयोजनालाई निरन्तरता दिने विषयमा छलफल भएको नेता नेपालका प्रेस सल्लाहकार विष्णु रिजालले जानकारी दिए ।

भेटमा संविधान कार्यान्वयन र २०७४ माघभित्र सम्पन्न गर्नुपर्ने तीनओटा निर्वाचनको कार्यभार संविधानअनुसार नै समयमै सक्न के–कसरी अगाडि बढ्ने भन्नेबारेमासमेत विस्तृत् छलफल भएको बताइएको छ । रासस