काठमाडौं, भदौ २५ । यस साता पनि शेयर बजार परिसूचक नेप्सेसहित कारोबार परिमाणमा पनि सामान्य सुधार आयो ।
साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३ अंकले बढेर अन्तिम दिन १८ सय २३ अंकमा पुग्यो । गत साता नेप्सेमा ५७ अंकको उच्च बृद्धि आएको थियो ।
यस साता वाणिज्य बैंक र उत्पादनमुलक समूह बाहेक अरु कारोबार भएका सबै समूहमा सुधार आयो । व्यापार समुह भने स्थीर रह्यो ।
यस साता नेपाल स्टक एक्सचेन्जमा १ सय ६३ कम्पनीहरुको आठ अर्ब ५२ करोड १९ लाख रुपैयाँ बराबरका एक अर्ब १६ लाख कित्ता सेयरहरु खरिद बिक्री भए ।
गत साता १ सय ५७ कम्पनीहरुको छ अर्ब ९१ करोड ४१ लाख रुपैयाँ बराबरका ९७ लाख कित्ता सेयरहरु खरिद बिक्री भएका थिए । कारोबार रकम गत साताको तुलनामा २३ प्रतिशतले बढि हो ।
यस साता कारोबार रकमको आधारमा नेपाल बंगलादेश बैंक, कारोबार भएको सेयर संख्याको आधारमा एनएमवि सुलभ इन्भेस्टमेन्ट फण्ड १ र कारोबार संख्याको आधारमा नेपाल इन्भेस्टमेन्ट बैंक अग्रस्थानमा रहे ।
प्रतिक्रिया दिनुहोस्