१८ चैत्र २०७९, शनिबार | Sat Apr 1 2023


चिकित्सकहरुको आन्दोलनका कारण ६ दिनदेखि स्वास्थ्य सेवा ठप्प


0
Shares

काठमाडौं । समायोजन प्रतिक्रियाप्रति असन्तुष्टि जनाउँदै सरकारी चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि ६ दिनदेखि स्वास्थ्य सेवा प्रभावित भएको छ ।

सरकारी अस्पतालमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा ठप्प पारेर चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि बिरामीलाई निकै सास्ती भएको छ ।

सरकारी सेवा ठप्प हुँदा बिरामीहरु महंगो शुल्क तिरेर निजी अस्पतालमा उपचार गराउन जान बाध्य भएका छन् ।

६ दिनदेखि अस्पतालको सेवा ठप्प हुँदा पनि सरकारले आन्दोलनरत चिकित्सकहरुसँग वार्ताको पहलसम्म गरेको छैन ।

समायोजनका विषयमा असन्तुष्टि जनाउँदै करिब ४ महिनादेखि आन्दोनरत सरकारी चिकित्सकले आफूहरुको माग पुरा नभए सामूहिक राजीनामा दिने चेतावनी दिँदै आएका छन् ।

तर, सरकार भने सरकारी चिकित्सकले राजीनामा बुझाए पनि खाली ठाउँ भर्न समस्या नहुने बताउँदै आएको छ ।

अति नै संवेदनशील क्षेत्रका रुपमा रहेको सो क्षेत्रमा उत्पन्न समस्या समाधान गर्न सरकारले कुनै पहल नगरेको गुनासो नागरिकस्तरबाट समेत आउन थालेको छ ।