भारत भ्रमण अघि प्रधानमन्त्रीलाई ओलीले बुझाए यस्तो ध्यानाकर्षण पत्र • Image Khabar Image Khabar


भारत भ्रमण अघि प्रधानमन्त्रीलाई ओलीले बुझाए यस्तो ध्यानाकर्षण पत्र


Imagekhabar
२६ भाद्र २०७३, आईतवार १९:३९

भारत भ्रमण अघि प्रधानमन्त्रीलाई ओलीले बुझाए यस्तो ध्यानाकर्षण पत्र

 काठमाडौं, भदौ २६ । भारत भ्रमण जानुपूर्प प्रधानमन्त्री पुष्पकमल दाहाललाई पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले ध्यानाकर्षण पत्र बुझाएका छन् ।

ओलीले बिशेष गरेर प्रधानमन्त्री दाहाललाई आफ्नो कार्यकालमा भएको सहमति र सम्झौताहरुको राष्ट्रिय हित अनुकुल हुने गरी अघि बढाउन भनेका छन् ।

प्रधानमन्त्रीको तर्फबाट हुने भ्रमणका बारेमा देशका प्रमुख राजनीतिक दलहरुका बीच छलफल गर्ने परम्पराको अुनशरण नगरिएको उल्लेख गर्दै ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

दुई पक्षीय छलफलका क्रममा उठ्न सक्ने विषयहरुमा नेपालको राष्ट्रिय हित र स्वाभीमान अनुरुप नै नेपाल सरकारको दृष्टिकोण र अडान भ्रमणका क्रममा प्रस्तुत हुने ओलीले अपेक्षा गरेका छन् ।

उनको ध्यानाकर्षण पत्रमा नेपाल–भारत र नेपाल–चीनका बीच सम्झौताहरु भएकाले ति सम्झौताहरुलाई मुलुकको हितमा अघि बढाउन भनेका छन् । साथै सन् १९५०को सन्धी बारे स्पष्ट बिचार राख्न भनिएको छ ।

भारत भ्रमण अघि प्रधानमन्त्रीलाई ओलीले बुझाए यस्तो ध्यानाकर्षण पत्र

भारत भ्रमण अघि प्रधानमन्त्रीलाई ओलीले बुझाए यस्तो ध्यानाकर्षण पत्र

भारत भ्रमण अघि प्रधानमन्त्रीलाई ओलीले बुझाए यस्तो ध्यानाकर्षण पत्र

भारत भ्रमण अघि प्रधानमन्त्रीलाई ओलीले बुझाए यस्तो ध्यानाकर्षण पत्र

 

प्रतिक्रिया दिनुहोस्