Logo २८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026


ग्वाटेमालाबाट नेपाली युवाको गुहार


0
Shares

काठमाडौं, भदौ २७ । ‘अमेरिका जान भनेर काठमाडौं हुँदै दिल्लीबाट भेनेजुयलाको भिसा हानेर पठायो, भेनेजुयलाबाट मेक्सिको जाने क्रममा त्यहाँको एयरपोर्टमा हामीलाई समातेर शरणार्थी शिविर पठाए, बल्लतल्ल छुट्यौं, केहीलाई दलालको कोठामा थुनेर राखेको छ, हामीलाई बचाउनु पर्‍यो,’ ग्वाटेमालाबाट टेलिफोनमा पीडा पोख्दै थिए कृष्ण न्यौपाने ।

आले थरका दलाललाई प्रतिव्यक्ति २५ देखि ३५ दाख रुपैयाँ बुझाइ अमेरिकी सपना बुनेर हिँडेका ४० जना आफूजस्तै नेपाली युवक अहिले भेनेजुयलामा अलपत्र परेको न्यौपानेले जानकारी दिए ।

भेनेजुयलाबाट ग्वाटेमाला हुँदै अमेरिका पु¥याउने आश्वासनसहित दलालले पैसा लिए पनि मेक्सिकोको चपाला विमानस्थलमा प्रहरीले पक्राउ गरेको उनले बताए ।

उनका अनुसार ३५ लाख रुपैयाँ लिइसकेका आले थरका दलालले अझै १५ लाख रुपैयाँ दिएमात्रै अमेरिका पठाइदिनेभन्दै उनीहरुलाई धम्क्याउँदै आएका छन् ।

अलपत्र पर्नेमा कृष्णसँगै नुवाकोट, पर्वत, म्याग्दी, चितवन लगायतका जिल्लाका युवक छन् । –अन्नपूर्ण पोस्ट दैनिकबाट