
काठमाडौं भदौ २७ । प्रेमको नशामा डुबेर कामुकता प्रदर्शन गरिएको गीत ‘म हराए’मा मोडेल सुरजसिंह ठकुरी र मरिस्का पोखरेलले हट अभिनय गरेका छन् ।
गायक दीपक गुरुङले नयाँ गीत र म्युजिक भिडियोमा सुरज र मनिस्कालाई यस्तो अवसर दिएका हुन् । यही बोलको गीतको म्युजिक भिडियो लिएर गायक गुरुङ सांगितिक आकाशमा उदाएका हुन् ।
मल्टी मेटको प्रस्तुति रहेको यो म्युजिक भिडियोमा कमल खत्रीले शब्द र संगीत गरेका छन् भने गायक स्वयमले सुमधुर आवाज दिएका छन् ।
रोमान्टिक र मेलोडियस रहेको उनको गीतमा चर्चित मोडेल सुरजसिंह ठकुरी र मरिस्का पोखरेलको दमदार प्रस्तुति दिएका छन् ।
गीतको म्यूजिक भिडियोलाई जीवन थापाले निर्देशन तथा सम्पादन गरेका छन् भने धीरजजंग शाहले छायांकन गरेका छन् । यस्तै शैलेन्द्रमान महर्जन बाबुले एरेन्ज गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्