४ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025


समयमै निर्वाचन गर्न नसके संकट : खनाल


0
Shares

                                                           फाइल फोटो

झापा, भदौ २७ । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले तोकिएकै समयमा स्थानीय निकायको निर्वाचन नभए मुलुक गम्भीर संकटमा फस्ने बताएका छन् ।

गृहजिल्ला इलाम हिँडेका नेता खनालले सोमबार प्रेस चौतारी नेपाल झापा शाखाले बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै २०७४ माघ ७ गतेसम्ममा अनिवार्य निर्वाचन गर्न नसकिए मुलुक संकट फस्ने बताएका हुन् ।

नेता खनालले भने–‘समयमै निर्वाचन सम्पन्न गर्न सकेनौं भने मुलुकमा संविधान कार्यान्वयन गर्ने सिलसिलामा ठूला चुनौती र संकट भोग्नुपर्नेछ ।’

उनले मुलुकमा संकट र चुनौती आउन नदिन सम्पूर्ण राजनीतिक शक्ति गम्भीरतापूर्वक लाग्नुपर्ने बताए ।

नेता खनालले अहिलेको गठबन्धन सरकारले निर्वाचन गर्ने र संविधान कार्यान्वयनलाई गम्भीरतापूर्वक नलिएको आरोपसमेत लगाए ।

संविधान कार्यान्वयन गर्ने र स्थानीय निकायको निर्वाचन गर्नका लागि प्रतिपक्षमै भएपनि नेकपा एमाले प्रतिबद्ध भएर लाग्नेसमेत बताए । रासस