‘फ्लोभल’का उत्पादन नेपाली बजारमा • Image Khabar Image Khabar


‘फ्लोभल’का उत्पादन नेपाली बजारमा


Imagekhabar
२८ भाद्र २०७३, मंगलवार ०२:२९

‘फ्लोभल’का उत्पादन नेपाली बजारमा

काठमाडौं, भदौ २७ । जलविद्युत् आयोजना निर्माणमा प्रयोग हुने विद्युतीय उपकरण उत्पादन गर्दै आएको भारतीय कम्पनी फ्लोभल प्राइभेट लिमिटेडले आफ्ना उत्पादन नेपाली बजारमा भित्र्याएको छ ।

कम्पनीले काठमाडौंमा पत्रकार सम्मेलन गरी आफ्ना उत्पादनबारे जानकारी गराएको हो ।

कम्पनीले साना जलविद्युत् आयोजनाका लागि टर्बाइनलगायत आवश्यक विद्युतीय सामग्री नेपाली बजारमा भित्र्याएको जनाएको छ ।

कम्पनीले आफ्ना वस्तुहरुकोबारेमा जलविद्युत् आयोजना प्रबद्र्धक, बैंकरलगायतलाई पनि जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्