२३ कार्तिक २०८१, शुक्रबार | Fri Nov 8 2024


कुमारी बैंकको ‘चिप बेश’मा आधारित क्रेडिट कार्ड सन्चालनमा


0
Shares

काठमाडौं, भदौ २७ । कुमारी बैंक लिमिटेडले ‘चिप बेश’मा आधारित कुमारी क्रेडिट कार्ड सन्चालनमा ल्याएको छ ।

बैंकले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी कार्डबारे जानकारी गराएको हो । बैंकले हाल दुई प्रकारका क्रेडिट कार्डहरु प्रयोगमा ल्याएको छ ।

डोमेस्टिक कार्ड नेपाल तथा भारतमा प्रयोग गर्न सकिन्छ भने डलरमा सन्चालन गरिने इन्टरनेसनल कार्ड विश्वव्यापी प्रयोग गर्न सकिन्छ ।

स्वदेश तथा विदेशमा भिसा कार्ड स्वीकार गर्ने सबै एटीएम र व्यापारिक केन्द्रहरुमा कुमारी भिसा क्रेडिट कार्ड सहजरुपमा प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।

उच्च सुरक्षाका कारण चिप बेशमा आधारित कार्डको प्रयोग अन्तर्राष्ट्रियस्तरमै बढ्दोक्रममा रहेको बैंकले जनाएको छ ।