४ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025


प्रधानमन्त्रीको भारत भ्रमणको औपचारिक घोषणा, यस्तो छ कार्यतालिका


0
Shares

काठमाडौं, भदौ २८ । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहालको चार दिने भारत भ्रमणको औपचारिक घोषणा गरेको छ ।

परराष्ट्र मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरी प्रधानमन्त्री दाहालले बिहीबारबाट चार दिने राजकीय भ्रमण सुरु गर्ने जनाएको हो ।

भ्रमणको तालिकाअनुसार प्रधानमन्त्री भदौ ३० गते भारत प्रस्थान गरी असोज २ गते स्वदेश फर्कने छन् । भ्रमणका क्रममा उनले भारतीय समकक्षी साथै विभिन्न राजनीतिक दलका नेता तथा विशिष्ट व्यक्तिहरुसँग भेट गर्नेछन् ।

दाहालले भदौ ३१ गते भारतीय राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री मोदीसँग छुट्टाछुट्टै भेट गर्नेछन् । सोही दिन उनले राजघाटमा पुगी महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण गर्नेछन् ।

हिमाञ्चलको नाथ्प झक्री जलविद्युत् परियोजना भ्रमणमा साथै हरिद्वारस्थित पतञ्जली उद्योगको निरीक्षण समेत गर्नेछन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा उनी त्यसतर्फ जान लागेका हुन् । भ्रमण टोलीमा ४२ जना रहने छन् ।

प्रधानमन्त्रीसँग पत्नी सीता दाहाल, परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. ऋषि अधिकारी, राजनीतिक सल्लाहकार चक्रपाणि खनाल, परराष्ट्र सचिव शंकरदास वैरागीलगायत जाँदै छन् ।

भ्रमणका बेला प्रधानमन्त्री दाहाललाई भारतले राष्ट्रपति भवनमा राख्ने जनाइएको छ ।