Logo २७ असार २०८३, शनिबार | Sun Jul 12 2026


चारतारे झन्डाले सिंगारियो पोखरा


0
Shares

पोखरा, चैत २६ । यही चैत २८ र २९ गते पोखरामा हुने नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्षहरुको तेस्रो राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको छ ।

जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्यसमितिले मंगलबार पोखरामा पत्रकार सम्मेलन गर्दै तयारी पूरा भएको जनाएको हो ।

पार्टीलाई चलायमान र सुदृढ बनाउन सम्मेलन गर्न लागिएको कार्यसमितिका अध्यक्ष गोविन्द पुडासैनीले बताए ।

सम्मेलनलाई लक्षित गरेर पोखराका विभिन्न स्थानमा कांग्रेसको चारतारे झन्डाले सिंगारिएको छ ।

मुख्य सहरी क्षेत्रमा स्वागतका लागि ब्यानरहरु टाँगिएको छ ।

सम्मेलनमा पार्टी सभापति, वरिष्ठ नेता तथा शीर्ष नेताहरुको उपस्थिति रहने जनाइएको छ ।