Logo २७ असार २०८३, शनिबार | Sun Jul 12 2026


‘सरकार कम्युनिस्ट अधिनायकवादतर्फ उन्मुख’


0
Shares

बारा, चैत २६ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले दुईतिहाइको दम्भले सरकार चलाउन खोज्दा सरकार आफैं अप्ठ्यारोमा परेको बताएका छन् ।

मंगलबार हावाहुरी प्रभावित क्षेत्रको अवलोकनका लागि बारा आएका नेता कोइरालाले सन्चारकर्मीहरुसित कुरा गर्दै सन्चार क्षेत्रलाई कुन्ठित बनाउने निर्णय दुईतिहाइको दम्भका कारण भएको बताए ।

उनले राष्ट्रिय सुरक्षा परिषद् हुँदा–हुँदै सेनालाई प्रधानमन्त्री मातहतमा ल्याउनु सरकार कम्युनिस्ट अधिनायकवादतर्फ उन्मुख भइरहेको आरोपसमेत लगाए ।