काठमाडौं, चैत २६ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कांग्रेसभित्र लुछाचुँडी चलिरहेको भन्दै यस्तै अवस्था रहे पार्टीको भविष्य नै अन्धकार हुने चेतावनी दिएका छन् ।
जनआन्दोलन दिवसका अवसरमा मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले निर्वाचनबाट कम्युनिस्टको कब्जामा पुगेको मुलुकलाई उनीहरुको कब्जाबाट मुक्त गर्नका लागि पनि कांग्रेस एकताबद्ध हुनुपर्ने बताए ।
वर्तमान सरकारले प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने र न्यायालयलाईसमेत कमजोर बनाउन खोजेको भन्दै ‘राष्ट्रको अस्तित्व जोगाउन कांग्रेसले आफ्नो भूमिका देखाउन ढिलाइ गर्नहुँदैन’–भने ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गर्नेहरुलाई स्वागतसमेत गरिएको थियो ।









प्रतिक्रिया दिनुहोस्