काठमाडौ , भदौ २९ । प्रजातन्त्रवादी लेखक साहित्यकारलाई गोलबद्ध गर्दै नेपाली भाषा – साहित्यको उत्थान गर्ने उद्धेश्यका साथ स्रष्टाहरुले भाषा – साहित्य संघ , नेपाल गठन गरेका छन् ।वरिष्ठ साहित्यकार एवं पत्रकार हरि अधिकारीको अध्यक्षतामा गठन गरिएको संघको नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले राजधानीमा सम्पन्न एक विशेष समारोहमा विधिवत उद्घाटन गरे ।
नेता कार्कीले नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेल्दै आएका स्रष्टाहरुको योगदानलाई नेपाली कांग्रेसले मूल्याङ्कन गर्ने बताए । उनले भाषा, साहित्य र कला संस्कृतिले मुलुकलाई सभ्य बनाउने भएका कारण राजनीतिक दल र सरकारले स्रष्टा र सिर्जनाको सम्मानसंगै सम्बद्र्धनमा ध्यान दिनु पर्ने बताएका छन् ।
सांस्कृतिक संघको पहलमा गठन गरिएको संघको स्थापना सभामा बोल्दै सांस्कृतिक संघका अध्यक्ष तीर्थबहादुर थापाले विभिन्न विधाका स्रष्टहरुलाई एक ठाँउमा उभ्याउने प्रयासमा सांस्कृतिक संघ लागेको बताए । उनले प्रजातन्त्रवादी स्रष्टाहरु एक नहुने हो भने , प्रजातन्त्रमा आस्था राख्ने स्रष्टाहरु गम्भीर संकटमा पर्न सक्ने चेतावनी दिए । यस्तै नेपाल प्रेस यूनियनका महासचिव अजयबाबु सिवाकोटीले संघले भाषामा देखिएको हस्तक्षपलाई रोक्न सक्नु पर्ने बताउदै संघले गर्ने हरेक गतिविधिले समग्रह पत्रकारिता क्षेत्रलाई पनि लाभ हुने आफूले अपेक्षा राखेको बताए ।
नव गठित संघका अध्यक्ष हरि अधिकारीले नेपालको लोकतान्त्रिक प्रजातन्त्रलाई संस्थागत गर्ने गराउने कार्यमा संघ सधै सचेत हुने बताए ।
संघमा वियोगी बुढाथोकी उपाध्यक्ष , ठाकुर बेलवासे महासचिव , मोतीराज बम कोषाध्यक्ष रहेका छन् । संघको कार्यसमिति सदस्यमा ध्रुव सापकोटा , ध्रुव मधिकर्मी , बनमाली निराकार , गोकुल अधिकारी , केशब सिग्देल , श्याम रेग्मी , मन्दिर मधुश्री , शान्ता सापकोटा ,चन्द्र योङ्गहाङ र सरु सुवेदी रहेका छन् ।
6:57 pm, Wed, 14 September 16
प्रतिक्रिया दिनुहोस्