२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


व्यवसायी अजयराज सुमार्गीको जीवनसँग सम्बन्धित पुस्तक सार्वजनिक


0
Shares

काठमाडौं, भदौ २९ । व्यवसायी तथा समाजसेवी अजयराज सुमार्गीको जीवनयात्रासँग सम्बन्धित पुस्तक ‘अजयराज सुमार्गी’को बुधबार लोकार्पण भएको छ ।

राजधानीमा कार्यक्रम गरी व्यवसायी अजयराज सुमार्गीको जीवनयात्रा, उनले जीवनमा पाएको सफलतालगायतका विषय समावेश गरिएर लेखिएको पुस्तकको लोकार्पण गरिएको हो ।

पुस्तकका लेखकद्वय निर्मलकुमार थापा र अरुणराज सुमार्गीले व्यवसायी अजयराज सुमार्गीको जीवनसँँग जोडिएका र सहयोग पुर्याएका व्यक्तिसँग भेटर उनको जीवनयात्रा समावेश गरी पुस्तक लेखिएको जानकारी दिए ।