Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


उद्यमीका समस्याको समाधान उद्योग मन्त्रालयबाट हुने मन्त्रीको घोषणा


0
Shares

काठमाडौं, भदौ २९ । उद्योगमन्त्री नवीन्द्रराज जोशीले उद्यमीहरुको सबै समस्याको समाधान उद्योग मन्त्रालयबाट हुने घोषणा गरेका छन् ।

घरेलु तथा साना उद्योग विकास समितिले बुधबार राजधानीमा आयोजना गरेको ‘उपलब्धि समीक्षा तथा कार्यक्रम कार्यान्वयन रणनीति तर्जुमा गोष्ठी’मा मन्त्री जोशीले छिट्टै नै मन्त्रालयमा ‘हेल्पिङ डेस्क’को स्थापना गरी उद्यमीहरुको समस्या समाधान गरिने घोषणा गरेका हुन् ।

मन्त्री जोशीले जनतालाई आर्थिकरुपमा सक्षम बनाउन देशमा उद्योगको विस्तार गर्नुपर्ने बताए ।

विदेशी लगानी भित्र्याउन सहज बनाउनको लागि छिट्टै नै यससम्बन्धी ऐन ल्याउने उनले उल्लेख गरे ।

नेपालीलाई उद्यमी बनाउन तथा लगानीको वातावरण बनाउन मन्त्रालय विशेषरुपमा लाग्ने मन्त्री जोशीले बताए ।

सरकारी कर्मचारीमा केही परिवर्तन आवश्यक रहेको पनि उनले जिकिर गरे ।

मन्त्री जोशीले आगामी दिनमा निजी क्षेत्र र सरकार सहयात्रीकोरुपमा काम गर्ने उल्लेख गरे ।

देशको समग्र आर्थिक विकासका लागि ४ वर्ष र २० वर्षको २ वटा विशेष रणनीति बनाउनुपर्ने धारणा उनले राखे ।

उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले देशलाई विदेशी लगानीको आवश्यकता रहेको तर सरकारीपक्षले विदेशी लगानीकर्तालाई उचितरुपमा सम्बोधन गर्न नसकेको आरोप लगाए ।

सरकारले विदेशी लगानीको लागि उचित वातावरण बनाउनुपर्नेमा उनले जोड दिए ।