
काठमाडौं, भदौ ३० । गायक शिव परियारको आवाजमा रहेको गीत उदाउँछ जुन पुर्णिामाको भिडियो सार्वजनिक गरिएको छ ।
गीतकार राजेन्द्र गौतमका शब्द रहेको भिडियोको निर्देशन निर्देशन युवराज वाइवाले गरेका छन् ।
निर्देशक वाइवाले मोडलद्धय श्रीषा कुवँर र निराजन प्रधानका माध्यमबाट पछिल्लो समयमा बढ्दै गएको युवाको अस्वभाविक व्यवहारमाथि कडा ब्यग्य गरेका छन् ।
भिडियोले मुख्य रुपमा प्रेम वियोगलाई विषयवस्तु बनाएको छ । जसले जीवनमा हुने धोकालाई मज्जैसँग पर्दामा उतारेको छ ।
गायक एवम् संगीतकार तुला पर्वतको संगीत समेटिएको गीतलाई वाइड स्क्रिन मिडियाले बजार व्यवस्थापन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्